चिसो बढेपछि खजुराका विद्यालयहरूमा बिदा
नेपालगन्ज । अत्यधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले विद्यालयहरूमा बिदा दिएको छ ।
बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सबै सामुदायिक र निजी विद्यालयहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले आज एक सूचना निकालेर पुस २० गतेदेखि २३ गतेसम्म विद्यालयहरूलाई पठनपाठन बन्द गर्न सूचित गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्