मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो
पोखरा । आहा ! रारा गोल्डकपको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणमा पहिलो खेलबाट नै बाहिरिएको छ ।
मङ्गलवार भएको क्वाटर फाइनलमा अमेरिकाको भुटानी यूथ स्पोर्ट्स क्लबसँग पराजित भएपछि मनाङ बाहिरिएको हो । खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै भुटनीजले अन्तिम चारको यात्रा तय गरेको हो ।
भुटनीजको जितमा प्रवीण बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८ औँ मिनेटमा गोल गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्