‘प्रहरीको सेटिङ्गमा हुने गरेको तस्करी नियन्त्रण पहिलो प्राथमिकतामा’
जनकपुरधाम । धनुषामा काज सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक विश्वराज खड्काले सीमा क्षेत्रबाट प्रहरीको सेटिङ्गमा हुने गरेको तस्करी नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यभार ग्रहण गरेको १० दिनमा पत्रकारहरू सँगको अन्तरक्रियामा खड्काले प्रहरीको सेटिङ्गमा हुने गरेको तस्करीबारे आफूले पनि सुनेकाले त्यसलाई तोड्ने बताउनुभयो ।
प्रहरी उपरीक्षक खड्काले भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिहरूसँग प्रहरीले रकम माग्ने प्रवृत्तिलाई पूर्ण रुपमा दुरुत्साहन गर्ने पक्षमा आफू अगाडी बढ्ने भन्दै बरु सो रकमलाई कसरी राजश्वमा ल्याउने विषयमा पहल गर्ने बताउनुभयो ।
उपरीक्षक खड्काले ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी प्रमुखसँग कुराकानी भई व्यवस्थापनको सुरुआत रामानन्द चौकबाट भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्