चित्त नबुझेका विषयमा पार्टी भित्रै छलफल गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेता कार्यकर्ताहरूलाई चित्त नबुझेका विषयमा पार्टी भित्रै छलफल गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँमा जारी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले पाटीको कमिटी प्रणालीलाई बलियो बनाउन सबै नेता कार्यकर्ता प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले सामाजिक सञ्जाल र मिडियामा बोलेर मात्र पाटी क्रान्तिकारी तथा अनुशासित पाटी नहुने भन्नुहुँदै पाटी पद्धतिलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
पोलिटब्युरो बैठकमा सबै सदस्यहरुले आफ्नो धारणा राख्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्