तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनीत

file photo

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान अनुसार लेखकलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको हो ।

संशोधित विधानको धारा १३ को उपधारा १ बमोजिम उहाँलाई मुख्य सचेतकमा मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

लेखक कञ्चनपुर–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button