तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको पूर्वी ग्रामीण सडकमा चल्ने सवारी साधनको नयाँ भाडादर तोकियो 

रोल्पा । रोल्पाको पूर्वी क्षेत्रमा रहेका लुङ्ग्री गाउँपालिका , सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका गरी ३ वटा पालीकाको संयुक्त बैठक सोमबार सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौरमा बसेर यात्रु ओसारपसार गर्ने यातायातका साधन गाडीको नयाँ भाडादर तोकेको छ ।

बैठकले लुङ्ग्री गाउँपालिका , सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिकाको जुनसुकै ग्रामीण क्षेत्र गाउँ ठाउँमा चल्ने ४ पाङ्ग्रे सवारी साधनको भाडादर कालोपत्रे सडकबाहेक कच्ची सडकमा  १ किलोमिटरको १५ रुपैयाँ नयाँ शुल्क कायम गरिएको र यात्रु तथा यातायातका सवारी साधन सञ्चालकलाई तोकिएको भाडादारले सहज बनाएको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताउनुभयो ।

विगतका दिनहरूमा सवारी दुर्घटना हुँदा यात्रुको दुर्घटनामा परी मृत्यु हुनुको साथै अङ्ग भङ्ग भई मानवीय क्षति भएकोले उक्त क्षतिलाइ आगामी दिनहरूमा कम गर्न बैठकले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखेर सवारी साधन सञ्चालन ऐन मापदण्डको पूर्णरुपमा पालना गरी यातायात सञ्चालन गर्न सबै यातायात समिति जिम्मेवार बन्नुपर्ने र गाउँपालिकाले आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

 यातायात व्यवसायी समिति ,गाडी धनी, इलाका प्रहरी कार्यालय सुलीचौर ,ट्राफिक प्रहरी, तीनवटै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरूको उपस्थितिमा बैठक बसेको थियो ।

त्यसैगरी तीन पाङ्ग्रे सवारी साधन अटो रिक्सा गाउँपालिकामा अनिवार्य दर्ता   तथा नवीकरण गर्नुपर्ने र  स्थानीय तहमा सवारी साधन दर्ताका नवीकरण गराउनका लागि गाउँपालिकाहरूले १५ दिने सूचना जारी गर्ने निर्णय भएको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button