चर्च ब्वाइज युनाइटेड आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रङ्गशालामा आइतबार मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईँले दुई गोल गरे । आशिष चौधरीको नाममा एक गोल रह्यो । मच्छिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए । चर्च ब्वाइज आफ्नो डेब्यु सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्