पिकअप भ्यान दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी–२ भैसे आँपचौर नजिक भएको दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
हेटौँडाबाट थाहा नगरपालिकातर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई दुर्घटना हुँदा बारा जिल्ला विश्रामपुर गाउँपालिमा–३ बस्ने अन्दाजी २० वर्षका राहुल कुमार पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते उहाँको उपचारको क्रममा हेटौडा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दुर्घटनामा सोही स्थान बस्ने २७ बर्षीय अजय चौरसिया, भारतको झारखण्ड घर भएका ३६ बर्षीय विजय दास, पर्सा बिरगंज महानगरपालिका १७ बस्ने १८ बर्षीय सुमित गुप्ता, पर्सा बौदरमाई –५ बस्ने २६ बर्षीय दिनानाथ प्रसाद, बारा विश्रामपुर–३ मुसरहवा बस्ने अन्दाजी १८ बर्षीय सिबजी साह, सोही स्थानका अन्दाजी १८ बर्षीय धिरज चौरसिया र १७ बर्षीय पप्पु कुमार गुप्ता तथा पर्साको बौदरमाई ५ बस्ने अन्दाजी २८ बर्षीय उमेश कुशवाह घाइते भएको जिल्ला प्रहरी कार्याल मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो । पिकअप चलाक भने फरार नरहेको र खोजी कार्य भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्