बाँकेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
नेपालगन्ज । बाँकेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोकमा आज ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार दैलेख नारायण नगरपालिका ५ ठेगाना भई नेपालगन्ज १८ बस्दै आएका १८ वर्षीय रत्नबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सेतु बिक चौकबाट त्रिवेणी मोडतर्फ जाँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा घाइते भएका दर्लामीलाई उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्