वडास्तरीय टि–२० प्रतियोगिताको उपाधि कपिलेश्वरलाई
जनकपुरधाम । जनकपुरधामको वडा नंं १६ कपिलेश्वरमा आयोजना गरिएको वडाध्यक्ष स्तरीय २०–२० क्रिकेट प्रतियोगिताको आज भएको फाइनल खेलमा कपिलेश्वर युवा टिम ६ विकेटले विजयी भएको छ ।

कूल २० वटा टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनलमा पहिलो व्याटिङ्ग गर्दै नगराइन टिमले १० विकेटको क्षतिमा २० ओभर खेल्दै २१४ रन बनाएकोमा प्रतिउत्तरमा व्याटिङ्ग गरेको कपिलेश्वर टिमले ४ विकेटको क्षतिमा २१७ रन बनाएर विजयी भयो ।

पुस ४ गतेदेखि सहिद सत्यनारायण साह स्मृति प्रतिष्ठानको आयोजनामा भएको भएको प्रतियोगितामा विजयी भएका टिम तथा खेलाडीलाई नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रमाणपत्र, कप तथा शिल्ड वितरण गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले खेलकुदको माध्यमले युवाहरूलाई अनुशासित बनाउनुको साथै कुलतमा फस्नबाट जोगाउने गरेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्