गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ज्येष्ठ सदस्य बस्यालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

पर्वत प्रदेश निर्वचन क्षेत्र नं.२ बाट निर्वाचित बस्याल गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य हुनुहुन्छ ।
ज्येष्ठ सदस्य बस्यालले शपथ ग्रहण गरेसँगै प्रदेशसभाका अन्य सदस्यलाई भोलि शपथ गराउने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्