तपाईँ सुन्दै हुनुहुन्छः

गुडेको रेल चढ्न खोज्ने एकको मृत्यु

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीको ब्रोडगेज रेल गुडेको अवस्थामा चढ्न खोज्दा एक जना यात्रीको आज विहान रेलमा कटेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिकाको राघोपुर बस्ने वर्ष ३५ को पुरन दास रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

विदेश नगरपालिका वडा नंं ९ वैदेहि रेल्वे स्टेशनवाट जनकपुरधामका लागि रेल गुडेको अवस्थामा जवरजस्ति चढ्न खोज्दा दास पौदानवाट तल चिप्लेर लडेपछि रेलवाट कटेर घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्याला मजदूरीको काम गर्ने दास कामकै शिलशिलामा जनकपुरधाम आउने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपाल रेल्वे कम्पनी अन्तर्गत ब्रोडगेज रेल सञ्चालन भएपछि पहिलो पटक मान्छेको दुर्घटना परेर मृत्यु छ । यस अघि बाख्रा मात्र कटेका थिए ।

नेपाल रेल्वे सञ्चालनमा आएको एक वर्ष नवित्दै एक जनाको रेलवाट कटेर मृत्यु भएको छ । रेल सञ्चालनमा सुरक्षा अपनाउदा अपनाउदै पनि यात्रीको असावधानीका कारणले सो दुर्घटना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button