तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा २५ गतेका लागि संसद् अधिवेशन आह्वान

उपस्थितिका लागि सबै सांसदहरूलाई संसद् सचिवालयको अनुरोध

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २५ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

file photo

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ पुस ११ को सिफारिसमा पुस २५ गते सोमबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भइसकेकाले उक्त मिति, स्थान र समयमा सबै सांसदहरूलाई उपस्थितिका लागि संघीय संसद् सचिवालयले अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button