तपाईँ सुन्दै हुनुहुन्छः

आँखाको हेरचाह कसरी गर्ने ?(भिडियो)

त्रिशूली I नुवाकोटबासीमा आँखा प्रतिको स्वास्थ्य सजगता निकै कमजोर पाइएको भन्दै चिकित्सकले चिन्ता जनाएका छन ।

सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गर्न यहाँ आउनुभएका तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा.होमबहादुर गुरुङले आमजनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धिहुँदै गएपनि नुवाकोटबासीमा भने आँखाको हेरचाहमा अझै धेरै चेतनाकोस्तर बढाउन आवश्यक देखिएको बताउनुभयो ।

बालबालिकादेखि शिक्षित युवावर्गमा भएको मोतियाबिन्दुको समयमै उपचार नगरी सक्रमणको अन्तिम चरणमा पुगिसकेको पाइएकाले आँखा हेरचाहमा सजग हुनुपर्ने उहाँको सुझाब छ । आँखालाई कसरी स्वस्थ्य राख्ने ? बरिष्ठ नेत्ररोग विशेषज्ञ डा.होमबहादुर गुरुङको सुझाब यस्तो छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button