स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ: प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा शुरु गरेको अभियानको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरल र निःस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गर्नुहुँदै अभियान एक पवित्र र सन्त नेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्