तपाईँ सुन्दै हुनुहुन्छः

महिला सुरक्षा सेवा कार्यक्रम बजेटसहित लागु गरिएको छ : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपालमा प्रशस्त ऐन कानून निर्माण भई लागु भएतापनि अपराधीले कानून हातमा लिएर महिलामाथि हिंसा गर्ने गरेको बताउनुभएको छ ।

आफू मन्त्री भएपछि हालसम्म गरिएका नयाँ कामहरू सार्वजनिक गर्न मन्त्री रेग्मीले आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा पछिल्लो समय महिला मात्रै नभई यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका र बालबालिकामाथि पनि हिंसा बढेको बताउनुभयो । 

आफूले मन्त्रालय सम्हालेपछि महिला सुरक्षा सेवा कार्यक्रम बजेटसहित लागु गरिएको र महिलाको बजेट वृद्धि गरिएको उहाँले जानकारी गराउनुभयो ।

आफ्नै कार्यकालमा बालबालिकासम्बन्धी नीति र अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीति २०७९ तयार गरी  मन्त्रिपरिषद्बाट पास गरिएको, बालगृह सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड निर्माण गरिएको, ज्येष्ठ नागरिकलाई सन्तानले पालनपोषण नगरे स्थानीय सरकारले दायित्व लिनुपर्ने लगायतका  नीतिहरू बनेको उहाँले जानकारी गराउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रेग्मीले आफूले पहिलो पटक यौनिक तथा अल्पसङ्ख्यक समुदायका  लागि बजेट छुट्याइएको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button