तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावतीमा ६० वर्ष माथिका एकल असहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुपाल्चोक  । इन्द्रावती गाउँपालिकाले ६० वर्ष माथिका एकल असहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

इन्द्रावती गाउँपालिकामा रहेका असहाय अपाङ्गता भएका एकल पुरुषहरूका लागि पालिकाले  मासिक ५ सयका दरले भत्ता वितरण सुरु गरेको हो ।

६० वर्ष नाघेका असहाय एकल पुरुष हो भनी वडा कार्यालयबाट सिफारिस गरिएका पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैङ्क खातामा सिँधै रकम जम्मा हुने गरी मेगा, एनसीसी र सिन्धु बैङ्कलाई पत्राचार गरेको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषहरूका लागि ५ सयका दरले भत्ता दिने घोषणा गर्नुभएको थियो । त्यही अनुरुप गाउँपालिकाले असत्त एक पुरुषहरूका लागि पनि भत्ताको व्यवस्था गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button