तपाईँ सुन्दै हुनुहुन्छः

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन: मन्त्री चौधरी

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने बताउनुभएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको आज स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीको जायज माग सम्बोधन हुने र अधिकांश माग पुरा हुने चरणमा रहेको बताउनुभयो ।

मन्त्री चौधरीले हरेक ठाउँमा लाभ लिनेहरू भएकाले बन्चरे डाँडाबाट पनि लाभ लिनेहरूको स्थानीयबासीले पहिचान गर्नुपर्ने आवश्यक रहेको बताउनुहुँदै गरिब, सोझा र वास्तवमै मारमा परेका जनतामाथि अन्याय नहुने बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button