राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला शइद मुवारक जरवान अलसामसी, ताञ्जानियाका राजदूत अनिसा कापुफी एमबेगा र सर्वियाका राजदूत सिनिसा पाभिकले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्