तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम महोत्सव समापन

धनगढी । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सञ्चालन भएको सुदूरपश्चिम महोत्सव २०७९ समापन भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आज एक समारोहका बिच महोत्सवको समापन गर्नुहुँदै देशको आर्थिक विकासका लागि नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले महोत्सव आयोजनाबाट पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादित बस्तुको बजारीकरण, कला-संस्कृतिको सम्वद्धर्नमा थप टेवा पुगेको बताउनुभयो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको समापन समारोहमा सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले महोत्सवले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाएको बताउनुभयो ।

महोत्सव टिकट बिक्री, स्टल बुकिङ, मेला लगायत गरि समग्रमा ११ करोड बराबरको आर्थिक कारोबार भएको संघका सचिव सुरेश पाण्डेयले जानकारी दिनुभयो ।

महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय खानपान, व्यापार-व्यवसाय लगायतका गरि करिब ४ सय स्टल रहेको महोत्सवमा थारु गाउँ, रमाइलो मेला, कलाकारको प्रस्तुती मुख्य आकर्षण रहेका थिए । महोत्सव अवधिमा करिब ५ लाख बढीको सङ्ख्यामा दर्शक सहभागिता रहेको बताइएको छ । मङ्सिर २२ गते महोत्सव शुरु भएको थियो ।

सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार, कृषि, पर्यटन, लोकसंस्कृतिको सम्बद्धर्न गर्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य सङ्घले प्रत्येक बर्ष धनगढीमा महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button