तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा १ हप्ते अङ्ग रक्षासम्बन्धी तालिम सम्पन्न

लेखनाथ । ब्रह्म रुपमा माध्यमिक विद्यालय पोखरा ३२, राजाको चौतारा कास्कीमा १ हप्ते अङ्ग रक्षासम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ ।

गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना र पोखरा महानगरपालिका तथा वडा नं ३२ को सहयोगमा मङ्सिर २८ देखि पुस ५ गतेसम्म सञ्चालित कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा लाल पण्डितले विद्यार्थीहरूलाई लक्षित गरि सञ्चालित तालीममा सिकेको सीपलाई व्यवहारमा ल्याउनका साथै अरूलाई पनि बाँड्नुपर्ने बताएका छन् ।

उक्त अवसरमा वडा नं ३२ का वडा सदस्यहरु शोभा बिक, वडा सदस्य सावित्री पण्डित, धर्म बस्नेत विद्यालयका प्र अ जनार्दन सुवेदी, कक्षा १० की छात्रा डिम्पल बि क लगायतले विद्यार्थीहरू विशेष गरी छात्राहरूको सुरक्षामा तालीमले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

विद्यालयका कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको तालीममा २०० जना विद्यार्थीहरू को सहभागिता रहेको थियो । गुरु फिजिकल ट्रेनिङ सेन्टरका सञ्चालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार विजय नेपालीले गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button