पाल्पामा घडेरी खन्ने क्रममा तोपका गोला भेटियो

पाल्पा । पाल्पामा घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् । तानसेनको गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । तानसेन ४ गोलाखानामा अहिलेसम्म ३०० गोला फेला परेका छन् । अझै भेटिने क्रम रहेको उहाँले बताउनुभयो ।
गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ। फेला परेका गोला यहाँ के कसरी राखिएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्