उद्योगी व्यवसायीलाई राज्यले निकास दिनुपर्छ: पशुपति मुरारका
भैरहवा । वर्तमान समयमा उद्योगी व्यवसायीलाई राज्यले निकास दिनुपर्ने उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँको आयोजनामा मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को समापन समारोहमा प्रमुख अतिथिको मन्तव्य राख्दै उद्योगी मुरारकाले उद्योगीहरू पुसको ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय व्यवसाय जस्तो नरहेको बताउनुभयो । देशमा आर्थिक संकट हुँदा समेत राज्य उद्योगी व्यवसायीप्रति अनुदार भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, महासचिव विजय पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठी लगायतले मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्