तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा क्षमताभन्दा बढी समान बोक्ने टिपरलाई कारबाही

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले क्षमताभन्दा बढी चुन ढुङ्गा ढुवानी गर्ने टिपरलाई कारबाही सुरु गरेको छ । 

मापदण्डभन्दा धेरै चुन ढुङ्गा ढुवानी गर्दै आएका टिपरको पहिचान गरी भार मिलान गरी पठाउने सुरु गरिएको जिल्ला टा«फिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ  । 

टिपरले मापदण्डभन्दा धेरै ढुङ्गा बोकेको गुनासो बढेपछि ट्राफिक प्रहरीले चेकजाँच र कारबाही प्रक्रिया अघि बढाएको हो ।

एक पटकलाई भार मिलान गर्ने तथा पुनः भार क्षमताभन्दा बढी ढुङ्गा ढुवानी गरेको भेटिएमा कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो । 

तानसेन नगरपालिकाको बर्तुङ्ग तथा अन्य स्थानमा पनि चेकजाँच गरी भार मिलान गरिएको प्रमुख मल्लले बताउनुभयो । क्षमताभन्दा बढी ढुङ्गा ढुवानीका कारण सडकमा क्षति पुग्नुका साथै दुर्घटना जोखिम पनि बढेको हुँदा चेकजाँच र भारवाहक मिलानलाई प्राथमिकताका दिइएको ट्राफिक प्रहरीले जनाएको छ । पाल्पाका विभिन्न चुन खानीमा गरी दैनिक एक हजारको हारारहारीमा टिपर सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button