तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा चुनाव सीमा नाका बन्द

वीरगंज । भारतको बिहारमा स्थानीय तहको दुई चरणमा हुने निर्वाचनका लागि आज दिउँसो १२ बजेदेखि सीमा बन्द गरेको छ । 

दिउँसो १२ बजे देखि आज राति १२ बजे सम्म सामान्य आउजाउ गर्न दिइएको भएपनि सवारी साधन तथा साइकल, रिक्सा लगायतका हल्का सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । दिउँसो १२ बजे देखि भारत प्रवेश गर्ने सडकमा ढाट झारेर यातायात पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी निर्मल बुढाथोकीले बताउनुभयो । 

राति देखि ठप्प हुने सीमा नाका ७२ घण्टाका लागि  बन्द हुने र आइतबार सम्म सीमा बन्द गर्ने जानकारी भारतीय सुरक्षा निकायले दिएको छ । निर्वाचनको क्रममा भारतीय नाका बन्द भएपछि वीरगंज नाका हुँदै आउजाउ गर्ने सवारी साधन तथा सर्वसाधारण प्रभावित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button