सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनका लागि तयारी

धनगढी । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम परिणाम सार्वजनिक गरेसँगै सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनका लागि आवश्यक तयारी थालिएको छ ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक तथा शपथग्रहणका लागि आवश्यक पूर्वतयारी कार्य अघि बढाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाका सचिव देवबहादुर बोगटीले प्रदेश सभाका लागी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी कार्य भइरहेको बताउनुभयो । युएनडिपीको करिब २० लाख सहयोगमा धनगढी स्थित प्रदेश सभा बैठक कक्षको स्तरोन्नति गरिनुका साथै भवन तथा परिसर सजावट तथा रंगरोगन लगायतका कार्य भइरहेको सचिवालयले जनाएको छ । यस्तै प्रदेशसभा भवन बैठक कक्षका कुर्ची, टेबुल, माइक लगायत उपकरण जडान, मर्मत सम्भार तथा सुधार कार्य भइरहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रमुख दल सहित ६ दलको प्रतिनिधित्व हुने छ । जसमध्ये नेपाली काँग्रेस १९ जना, नेकपा एमाले १० जना, नेकपा माओवादी केन्द्र ११ जना, नागरिक उन्मुक्ति पार्टी ७ जना, नेकपा एसका ४ जना, राप्रपा १ जना र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्