तपाईँ सुन्दै हुनुहुन्छः

माल्दिभ्स र न्यूजिल्याण्डका आवासीय राजदूतमा मिश्र र पोखरेल नियुक्त

काठमाडौँ । श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत रहनुभएका वासुदेव मिश्रलाई माल्दिभ्स र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत रहनुभएका कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मिश्रलाई माल्दिभ्सका लागि र पोखरेललाई न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button