तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर कैलाली । निजी संरचनामा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । 

नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले आज तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । 

टीकापुर नगरपालिकाले १९ गते वडा नम्बर ४ मौरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यो बेला नरेन्द्र बोहरा र पदम कठायतले निर्माण गरेको संरचना हटाइएको थियो । 

उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । आफ्नो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको स्थानीय नरेन्द्र बोहराको आरोप छ । 

तालाबन्दीपछि नगरपालिकाको कामकाज प्रभावित भएको छ । तालाबन्दीपछि ताला लगाउनेहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button