चुमनुब्री गाउँपालिकामा एक पुरुष मृत फेला
गोरखा । धार्चे गाउँपालिका घर भएका एक पुरुष मृत फेला परेका छन् ।
धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको लप्सीबोट घर भई चुमनुब्री गाउँपालिका ५ बिहीमा होटल सञ्चालन गर्दै आएका ४१ वर्षका पूर्णबहादुर गुरुङ शुक्रवार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
मङ्सिर १३ गते घर जान भनेर हिँडेका गुरुङ सम्पर्कविहीन भएपछि स्थानीय बासिन्दाको सहयोगमा खोजी गरिएको थियो । सो क्रममा मनासलु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका ५ को पेवा र न्याकफेदी बिचको भीरबाटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताउनुभयो ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट पनि प्रहरी निरीक्षक रामजी देवकोटा सहितको टोली घटनास्थल गएको अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्