मणिग्राममा १५ देखि २६ मङ्सिरसम्म कृषि तथा पर्यटन महोत्सव हुने
रुपन्देही । रुपन्देहीको तिलोत्तमा मणिग्राममा यही १५ देखि २६ मङ्सिरसम्म दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।
तिलोत्तमा उद्योग व्यापार सङ्गठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग वाणिज्य सङ्घको सह आयोजनामा मेला हुन लागेको मेलामा मार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य राखेको आयोजकहरूले बताउनुभएको छ ।
मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३ सय स्टलहरू रहने र मेलाको तयारी करिब ७५ प्रतिशत पुरा भएको मेला मुल आयोजक समितिका संयोजक प्रेम जिएमले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महिला कुस्ती, मम्मी डान्स, तिलोत्तमा डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरू राखिने मेलामा करिब ५ लाख दर्शक/उपभोक्ता भित्राएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकको अपेक्षा छ ।








प्रतिक्रिया राख्नुहोस्