तपाईँ सुन्दै हुनुहुन्छः

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

लहान । सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

उहाँ एक हजार एक सय ८२ मतान्तरले विजयी हुनुभएको हो ।

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button