तपाईँ सुन्दै हुनुहुन्छः

बारा–४ बाट नेकपा एसका श्रेष्ठ विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेकपा एसका उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठ २० हजार २ सय ९७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाले १३ हजार ८ सय ६३ मत मात्र प्राप्त गर्नुभएको थियो ।

file photo

२०७४ सालको निर्वाचनमा तनहुँमा काँग्रेस नेता रमचन्द्र पौडेललाई हराएर श्रेष्ठ चर्चामा आउनुभएको थियो । जीतपछि प्रतिक्रिया दिनुहुँदै श्रेष्ठले उक्त क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button