तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही ५(क) बाट एमालेका ढकाल विजयी

भैरहवा । रुपन्देही क्षेत्र नं. ५ (क)बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ। उहाँ सत्ता गठन माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार ३ सय ६८ मत प्राप्त गर्नुभयो ।

ढकाल लुम्बिनी प्रदेशका पूर्व सांसद समेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button