तपाईँ सुन्दै हुनुहुन्छः

बारा क्षेत्र नं. ४(१) मा एमाले उम्मेदवार देवनारायण चौधरी निर्वाचित

बारा । बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् ।

चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनान्नब्बे मत पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button