बर्दिया–२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी
बर्दिया । बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । चौधरी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तसँग १ सय ३६ मतको अन्तरमा विजयी हुनुभएको हो ।

९२ हजार १ सय ९९ मत खसेकोमा लालवीर चौधरीले २६ हजार ५ सय २० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुरेश पन्तले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।
चौधरी डिल्ली बजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीका बुबा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्