काठमाडौं–७ प्रदेश (२)मा एमालेका श्रेष्ठ विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (२)मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२)को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्