तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ३ क्षेत्रमा काँग्रेसको अग्रता, १ मा जसपा

वीरगंज । पर्सा जिल्लाका चार प्रतिनिधि सभा र आठ प्रदेश सभाको निर्वाचनको लागि प्राप्त मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभा तर्फ पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादवले ८४७२ मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ भने स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले ५९१२ मत प्राप्त गर्नुभएको छ । राप्रपाका किरण डङ्गोलले ७७८ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका अजय चौरसीया ८९०५ मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ भने जसपाका सुरेन्द्र कुर्मीले ६३३५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सुरेन्द्र चौधरीले ४०१८ मत ल्याई अग्रता कायम गर्नु भएको छ भने नेकपा एमालेका राजकुमार गुप्ताले ३९९३ मत प्राप्त गरी चौधरी भन्दा २५ मतले पछाडि पर्नु भएको छ । 

यसैगरी पर्साको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका रमेश रिजाल १३९४६ मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ सो क्षेत्रबाट नेकपा एमालेका जालिम मियाँले ११६०६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी पर्साको प्रदेश सभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर १ को क बाट माओवादी केन्द्रका रहबर अन्सारीले ४१४९ स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले ३७३९ मत प्राप्त गर्नुभएको छ भने सो क्षेत्रबाट एमालेका विचारी यादवले २३४६ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट जसपाका लालबाबु राउतले ५३७३ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका रामनारायण कुर्मीले ३९२८ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय झाले १८०२ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर २ को क बाट नेपाली काँग्रेसका श्याम पटेल विजयी हुनु भएको छ । 

यसैगरि प्रदेश न २ को ख बाट रुपेशमान सिंहले ३७९२ मत प्राप्त गरि अग्र स्थानमा रहनुभएको छ भने दोस्रो स्थानमा रहनुभएका लोसपाका रमेश कुर्मीले ३५०१ मत प्राप्त गर्नुभएको छ । यता प्रदेश ३ को क मा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालले ३४०९ मत प्राप्त गरि अग्र स्थानमा हुनुहुन्छ भने अर्का जिप छापका स्वतन्त्र उम्मेदवारले १८३० मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवारले १६९८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट जनार्दन सिंह क्षेत्रीले २३९८ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । सो क्षेत्रबाट जसपाकी डाक्टर मधु गुप्ताले १७७६ मत प्राप्त गर्नुभएको छ भने नेकपा समाजवादीका प्रल्हाद गिरीले १६१५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी पर्साको क्षेत्र नम्बर ४ को क बाट प्रदेश सभा तर्फ नेपाली काँग्रेसका शङ्कर चौधरीले १०९१५ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ भने नेकपा एमालेका जयप्रकाश थारुले ८८५५ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी पर्सा क्षेत्र नम्बर ४ को प्रदेश सभा ख मा जसपाका सिंघाशन कलवारले ११२०७ मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ भने स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले ८३९१ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा माओवादीकी शेख चाँद तारा रहनु भएको छ । उहाँको १५१६ मत प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button