अछाम क्षेत्र नम्बर २ मन मतगणना शुरु
अछाम । अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणना सुरु भएको छ । दिउँसो साढे १ बजेबाट मतगणना सुरु भएको हो । सर्वदलीय बैठक बसी साढे १ बजेबाट मतगणना गर्ने निर्णय बमोजिम मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो ।
यस क्षेत्रमा नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा रहेको छ। नेकपा एमालेको तर्फबाट निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह उम्मेदवार रहेका छन् । उनीहरू २०७४ सालका पनि उम्मेदवार हुन् ।
साथै यस पटक स्वतन्त्रबाट कांग्रेस अछामका जिल्ला उपसभापतिबाट राजीनामा दिनुभएका चन्द्रप्रसाद ढुङ्गाना, राप्रपाका जिल्ला अध्यक्ष मीन बहादुर शाही र नेमकिपाका जिल्ला अध्यक्ष झंकर बहादुर शाही पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
पाँच वटा स्थानीय तह रहेको क्षेत्र नम्बर २ मा ४१ हजार ७०१ मत खसेको बताइएको छ। अछाम क्षेत्र नम्बर १ को मतगणना दिउसो ३ बजेबाट शुरु गर्ने निर्णय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्