धनकुटामा शङ्कास्पद वस्तु फेला
धनकुटा । धनकुटा नगरपालिका ९ बेलाहारामा शङ्कास्पद वस्तु फेला परेको छ। बेलाहारामा रहेका प्रहरी चौकी भन्दा डेढ किलोमिटर उत्तरमा शङ्कास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शङ्कास्पद वस्तु फेला परेको र नेपाली सेनाको डिस्पोजल टोली गएको जानकारी दिनुभयो । उहाँका अनुसार शङ्कास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने एकिन नभएको जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्