ताप्लेजुङमा करिब ५५ प्रतिशत मत खस्यो
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा करिब ५५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत निर्मला योङयाका अनुसार जिल्लाको निर्वाचन पूर्ण रुपमा सम्पन्न भएको छ । मतपेटिका सङ्कलनको काम भइरहेको र भोलि सम्ममा सबै केन्द्रबाट आइसक्ने उहाँले बताउनुभयो । सबैभन्दा बढी मेरिङदेन गाउँपालिका ४ लिङतेपमा ८५.७१ प्रतिशत मत झरेको छ ।
सबैभन्दा कम मत फक्ताङलुङ गाउँ‘पालिकाको याङमा मतदान केन्द्रमा झरेको छ । यो केन्द्रमा १२ मत झरेको निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । याङमाको मतदाता सङ्ख्या ६१ रहेको थियो ।
१ सय २३ स्थायी र २ अस्थायी मतदान केन्द्र रहेको जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्