बागलुङमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ५४ प्रतिशत मत खसेको अनुमान
बागलुङ । बागलुङमा केही छिटफुट घटना बाहेक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार बिहान ७ बजे देखी सुरु भएका मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।
१० स्थानीय तह रहेको बागलुङमा ५४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार ५४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।
बागलुङका १ सय ६ मतदान स्थलको २ सय ३१ मतदान केन्द्रमा १ लाख ९२ हजार २ सय २७ मतदाता थिए । जिल्लाको काँठेखोला गाउँपालिकामा १२ हजार १ सय १ जनाले मतदान गरेका छन् ।
यसैबीच जिल्ला जैमुनी नगरपालिका स्थित सर्कुवा मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुचारु गरिएको सहायक मतदान अधिकृत सूर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । यस्तै बागलुङ नगरपालिका–८ को सिगाना मतदान केन्द्रमा केहीबेर विवाद भएपनि मतदान प्रक्रिया भने नरोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्