तपाईँ सुन्दै हुनुहुन्छः

अछामका दुई मतदान केन्द्रमा मत अदलबदल

ज्ञानदीप केन्द्रमा ५६ मत र सरस्वती केन्द्रमा ९२ मत कर्मचारीको भूलका कारण एक अर्को बाकसमा मत खस्न गएको मुख्य निर्वाचन अधिकृतको भनाई

अछाम । अछामका दुई मतदान केन्द्रमा मत अदलबदल भएको छ ।

जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ३ को शिवनिवास आधारभूत विद्यालय र मङ्गलसेन नगरपालिका वडा नम्बर ८ को सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको मत प्रदेशसभा सदस्यको बाकस तथा प्रदेशसभा सदस्यको मत प्रतिनिधिसभाको बाकसमा खसाइएको छ ।

ज्ञानदीप केन्द्रमा ५६ मत र सरस्वती केन्द्रमा ९२ मत कर्मचारीको भूलका कारण एक अर्को बाकसमा मत खस्न गएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले बताउनुभयो ।

हाल निर्वाचन आयोगको परामर्शमा उक्त मत गणनामा समावेश गर्ने गरि पुनः मतदान सुचारु भइसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button