दक्षिण कोरिया र माल्दिभ्सका निर्वाचन आयुक्तद्वारा मतदान केन्द्रको अवलोकन
काठमाडौं । माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन आयुक्तले काठमाडौंका विभिन्न मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको अवलोकन गर्नुभएको छ ।
निर्वाचन आयोगले माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त अध्यक्ष फुवाड थौफिक तथा दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङसहितको मतिनिधिमण्डलले मतदान केन्द्रको अवलोकन गर्नुभएको जानकारी दिएको हो ।
आइतबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी रहेको छ । निर्वाचन अपराह्न ५ बजेसम्म जारी रहने छ ।










प्रतिक्रिया राख्नुहोस्