तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीभित्र कुनै विभेद छैन, निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : डा.शेखर कोइराला 

सुनसरी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र कुनै वादविवाद नभएकोले एक ढिक्का भएर निर्वाचनमा होमिएको बताउनुभयो ।

सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले लोकतान्त्रिक–बाम गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिएको र मङ्सिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने  पनि बताउनुभयो ।

मोरङ निर्वाचन क्षेत्र नम्बर–६ का उम्मेदवार समेत रहनुभएका नेता कोइरालाले लोकतान्त्रिक बाम गठबन्धनले संविधान र लोकतन्त्रको रक्षासँगै देशको विकास र नागरिकता समस्या समाधान गर्ने बताउनुभयो । गठबन्धन अहिलेको आवश्यकता र माग समेत भएको भन्नुहुँदै उहाँले निर्वाचनपछि काङ्ग्रेसको नेतृत्वमा गठबन्धनकै सरकार बन्ने बताउनुभयो ।

नेता कोइरालाले सुनसरी क्षेत्र नम्बर–४ मा  नेपाली काङ्ग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभएको विकास काम र योगदानबाट जनता प्रभावित भएको आफूले पाएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button