तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा भारत र चीनसँग जोडिएको नाका बन्द हुने 

ताप्लेजुङ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राख्दै आज बिहीबार मध्यरातिदेखि मंसिर ४ गते सम्म भारत र चीनसँग सीमा जोडिएका ताप्लेजुङका सीमा क्षेत्र बन्द गरिने भएको छ  । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक सूचना जारी गर्दै १ गते मध्यराती देखि मंसिर ४ गते मध्यरातिसम्म निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द हुने जनाएको  हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लासँग सीमा जोडिएको भारत र चीनको नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ । नेपालका ७७ जिल्लामध्ये ताप्लेजुङ र  दार्चुलाले मात्र भारत र चीन दुबैलाई छोएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button