तपाईँ सुन्दै हुनुहुन्छः

जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : मन्त्री कार्की

इनरुवा। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मङ्गलबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उहाँले आफू निष्ठा र इमान्दारीको राजनीति गर्ने व्यक्ति भएकाले अरु जस्तो झुट्टा अश्वासन बाँडनुभन्दा आफूले गर्न सक्ने काम मात्र जनतासामु राख्ने गरेको र त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केही व्यक्तिले झुट्टा अश्वासन बाँड्दै हिँडेको भन्दै उहाँले सही र अश्वासन पूरा गर्ने उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो । सुनसरीको दिगो विकास, समृद्धि, शिक्षा, कृषि, भौतिक निर्माण, सडकलगायतको क्षेत्रमा सुधारका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button