तपाईँ सुन्दै हुनुहुन्छः

अधुरा काम पूरा गर्न फेरि उम्मेदवार भएर आएको हुँ : मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा विकास गर्नका लागि पुनः आएको बताउनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आयोजित वडा भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सुनसरीको मुहार फेर्नका लागि दोस्रोपटक प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेको बताउनुभयो ।

२०७४ सालमा विजयी भएर पाँच वर्षमा ८० प्रतिशत प्रतिबद्धता पूरा गरेको र बाँकी रहेका कामहरू आगामी निर्वाचनपछि पूरा गर्ने मन्त्री कार्कीले बताउनुभयो । बितेका पाँच वर्षमा गरेको विकासका कारणले नै जनताले फेरि निर्वाचित गर्नेमा आफू ढुक्क रहेको मन्त्री कार्कीले बताउनुभयो ।

उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्दै विकास र सम्मृद्धिका लागि सत्ता गठबन्धनले मिलेर काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button