पाँचथरमा १७७ मध्ये १५ जना महिला मतदान अधिकृत

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १७७ मध्ये १५ जना मतदान अधिकृत र ४२ जना सहायक अधिकृतमा महिला खटिएका छन् ।
जिल्लामा रहेका मतदान केन्द्रहरूमा १५ जना मतदान अधिकृत र ४२ जना सहायक मतदान अधिकृत महिला खटिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो ।
त्यस्तै, फिदिम नगरपालिका वडा नम्बर ४ को सुखबोध मा.वि. जोरसाल मतदान केन्द्रमा भने सबै कर्मचारी महिला मात्र खटिनुभएको छ । त्यहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाको जिम्मेवारी सबै महिलालाई दिइएको छ ।
१ लाख ३८ हजार ९ सय ३२ जना मतदाता रहेको पाँचथरमा ६५ हजार ५ सय ६६ जना महिला मतदाता छन् ।
आठ वटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एक मात्रै निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा १ सय २ मतदान स्थलमा १ सय ७७ मतदान केन्द्र छन् ।







प्रतिक्रिया राख्नुहोस्