तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका सबै  निर्वाचन अधिकृतको कार्यालयमा सामाग्री ढुवानी पुरा 

File Photo

धनगढी I मङ्सिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका सबै  निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामाग्री ढुवानी कार्य पूरा भएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीका ५ वटै निर्वाचन क्षेत्रका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामाग्री ढुवानी भइसकेको छ । यसपालि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट नै निर्वाचन सामाग्री वितरण गर्ने व्यवस्था गरिएको छ । 

क्षेत्रीय निर्वाचन अधिकारी प्रेमराज भट्टले मतपत्र, मतपेटिका, स्वतिक छाप लगायतका आवश्यक निर्वाचन सामाग्री पाँच वटै निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालय पठाउने कार्य पूरा भएको र मङ्सिर १ गते भित्रै ती निर्वाचन सामाग्री सम्बन्धित मतदानस्थलमा पुर्‍याउने तयारी भइरहेको बताउनु भयो । 

निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट ती मतदान सामाग्री बुझेर मङ्सिर १ गते भित्र आ-आफ्नो क्षेत्रमा पुगिसक्न निर्देशन भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २ सय ३७ मतदानस्थल र ६ सय २९ वटा मतदान केन्द्र रहेका छन् । यस्तै ८ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । त्यसमा जिल्लामा रहेका अस्थायी मतदाताहरुले मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button