‘निर्वाचन देशले जित्ने र हार्ने बिचको फैसला’
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचन देशले जित्ने र देशले हार्ने बिचको फैसला गर्ने निर्वाचन भएको बताउनुभएको छ ।

एमालेद्वारा आज कैलालीको अत्तरिया र लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यो निर्वाचनले एमालेको जित र हार नभई देशले जित्ने कि हार्ने निर्णय गर्ने बताउनुभयो ।
चुनावी सभालाई एमालेका सचिव लेखराज भट्ट लगायतले सम्बोधन गर्नुभएको थियो ।
आजै अध्यक्ष ओलीले डोटीको दिपायलमा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्